बाजुराको त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।
बालिकाका बाबुका अनुसार मङ्गलबार बिहान आमाछोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।