साम्राज्ञीले साइन गरिन् नयाँ चलचित्र



नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लामो समयपछि नयाँ चलचित्र साइन गरेकी छिन् । रातो टिका निधारमा पछि उनले कुनैपनि चलचित्रमा काम गरेकी थिइनन् । उनले हेमराज बिसीको नयाँ चलचित्र भने साइन गरेकी छिन् ।

जहाँ उनको जोडी प्रदिप खड्कासँग बाधिने भएको छ । तर चलचित्रको काम कहिले बाट सुरु हुन्छ त्यसको टुङ्गो छैन ।

साम्राज्ञीले साइन गरेको नयाँ चलचित्रको नाम खुलाइएको छैन । तर चलचित्रमा उनी प्रेमगीत ३ बाट नेपाली चलचित्र जगतमा भित्रिएका अभिनेता मनिष लिम्बुसँग देखिनेछिन् । चलचित्रमा मनिष र साम्राज्ञीसँगै नायिका आना शर्माको पनि मुख्य भूमिका रहने छ ।

प्रतिक्रिया दिनुहोस्