सम्झनामा बरिष्ठ अभिनेता श्रीकृष्ण श्रेष्ठ…



श्रीकृष्ण श्रेष्ठ, नेपाली चलचित्र जगतको लोकप्रिय नाम । आज उनी हामीमाझ छैनन् तर उनलाई एकपलको लागि पनि उनका प्रशंसकले बिर्सिएका छैनन् । नेपाली चलचित्र जगतमा उनले दिएको योगदान वास्तवमै तारिफयोग्य छ ।

आज श्रीकृष्णको निधन भएको ६ बर्ष पुरा भएको छ । बर्षमा १ पटक जब आजको दिन आउँछ तब उनका प्रशंसकको मन भारी भएर आउँछ । वि.सं २०७१ साल साउन २५ गतेका दिन उनी हामी सबैलाई छाडेर गएका थिए ।

वि.सं २०४५ सालमा प्रदर्शनमा आएको भुमरी चलचित्रबाट उनले डेब्यु गरेका थिए । सुरुवाती दिनदेखि नै उनको कामको निकै नै चर्चा भएको थियो । जसका कारण उनले आफ्नो करियरमा पछाडी फर्केर हेर्नु परेन । अभिनेताको रुपमा मात्र नभएर एउटा असाध्यै राम्रो व्यक्तिको रुपमा उनी परिचित थिए ।

जसका कारण उनको निधनले धेरैलाई दुखी बनायो । श्रीकृष्ण बिना चलचित्र क्षेत्र वास्तवमै अधुरो छ । उनी हामीमाझ नरहे पनि हाम्रो मन र सम्झनामा सधैँ रहनेछन् । आज उनलाई सम्झेर उनीसँग बिताएका पलहरु सामाजिक सञ्जालमा केही चलचित्रकर्मीले सेयर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्