अभिषेक पनि भए कोरोना मुक्त, अस्पतालबाट भए डिस्चार्ज



अभिनेता अभिषेक बच्चन ४ हप्तासम्मको निरन्तर उपचारपछि कोरोनामुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएपछि अमिताभ, ऐश्वर्या र आराध्यालाई एकैपटक मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो ।

आराध्या र ऐश्वर्या त धेरै छिटो नै निको भएर घर फर्किए भने अमिताभ पनि अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । अभिषेकको पनि पछिल्लो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

उनले ट्वीटरमार्फत यस कुराको जानकारी दिएका हुन् । अभिषेकले अब आफू छिट्टै नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्