सुशान्तसँग फ्ल्याटमा सँगै बस्ने सिद्धार्थको झुट समातियो, रियाको कल डिटेल्सबाट भयो यस्तो खुलासा



अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केशले दिनप्रतिदिन नयाँ मोड लिइरहेका छ । अहिले फेरि उनीबारे नयाँ खबर सार्वजनिक भएको छ । सुशान्तसँग बिगत १ बर्षदेखि एउटै फ्ल्याटमा बस्दै आएका सिद्धार्थको झुट बाहिर आएको छ ।

केहीदिन अघि दिएको एक अन्तवार्तामा सिद्धार्थलाई रियाबारे प्रश्न गर्दा उनले रियालाई आफूले खासै नचिनेको बताएका थिए । उनले सुशान्तले नै रियासँग आफ्नो भेट गराइदिएको तर रियासँग आफ्नो खासै कुरा भने नहुने बताए ।

तर रियाको कल डिटेल्स चेक गर्दा भने अर्कै देखियो । रियाको सिद्धार्थसँग बिगत १ बर्षमा १०१ पटक फोनमा कुरा भएको देखियो । यसबाट सिद्धार्थले झुट बोलेको सजिलै बुझन्् सकिन्छ । त्यसबाहेक रियाले इन्ष्टाग्राममा पोष्ट गरेका धेरै फोटोमा उनले सिद्धार्थलाई ट्याग गरेकी छिन् भने कति फोटो त सिद्धार्थले नै खिचिदिएको बताएकी छिन् ।

यसबारे अनुसन्धान गर्ने भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्