पूजालाई प्रकाशले दारा निस्केकी नायिका भनेपछि आक्रोशित हुदैँ ऋचाले दिइन् यस्तो जवाफ…



रजतपट अंकलको नामबाट परिचित पत्रकार प्रकाश सुवेदी यतिबेला आफूले दिएको एक बयानका कारण निकै नै विवादमा परेका छन् । केहीसमय अघि नायिका पूजा शर्माको उनले अन्तवार्ता लिएका थिए । जहाँ प्रकाशले पूजालाई नेपालको जिल्ला र अञ्चलबारे प्रश्न गरेका थिए ।

पूजाले प्रश्नको गलत जवाफ दिदाँ नराम्रोसँग ट्रोल भइन् । उनको धेरैले आलोचना गरे । त्यसपछि पूजाले अब प्रकाश सुवेदीलाई अन्तवार्ता नदिने बताएकी थिइन् । प्रकाशले पूजालाई टेलिभिजनमै दारा निस्केकी नायिका भनेर सम्बोधन गरे । कुनैपनि कलाकारको शारिरीक बनावटमा गएर कमेन्ट गर्नु वास्तवमै गलत हो ।

अहिले त्यहि कारणले गर्दा प्रकाशप्रति धेरै जनाले असन्तुष्ट जनाइरहेका छन् । यसैबिच नायिका ऋचा शर्माले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूजाको समर्थन गरेकी छिन् ।

उनले एउटा बरिष्ठ कलाकारले कुनैपनि नायिकाप्रति यस्तो कमेन्ट गर्नु उचित नभएको बताएकी छिन् ।

उनले लेखेकी छिन्-

“त दारे छस,
त काली छस , भ्यात्त परेकी परेकी छस”
यस्ता शब्द तपाइ लाई राष्ट्रिय टेलिभिजन मा एउटा कार्यकर्म प्रस्तोता ले भनेको सुन्दा कस्तो लाग्ला?
एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ। मेरो शरीरको बनावट उनीहरुले चाहेझै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु। जब-जब मान्छेले आफुलाई संरक्षक कहलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूला-ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस। कसैले हिन्दीमा तपाईलाई उखान सुनाएमा, अंग्रेजीमा, “I am unapologetically owning myself, can you kindly shut up?” भनिदिनुहोस। हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन। कठै हाम्रो समाज र ती अग्रज भनाउदाहरु, त्यों भन्दा कठै उनिहरु को सोच । तर अब ती कठैका सोच बिच म कठैबरा बन्दिन। एक दशक देखि यस क्षेत्रमा रहिरहेको म र मेरा अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईलाई चार दिनको चन्द्रमा र त्यस पछि औंशी भन्छन, तिनलाई हाँसेरै भन्दिनुस की दोष तिनको दृष्टिकोणमा छ, सिकाईदिनुस कि औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाई दिनुस, चन्द्रमा आफ्नो दाग बिच नै सुन्दर छ। रह्यो कुरा राष्ट्रीय च्यानेल भनेर प्रसारण गर्नेहरुको, सायद अब उहाँहरुले स्वतः समिक्षा गर्ने अवसर पाउनु भएको छ। मैले बुझेको रजतपटको अर्थ – चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्