गिनिज बुकमा नाम लेखाउँदै चर्चित मोडल तथा कोरियोग्राफर शंकर बिसी



शंकर बिसी लोक तथा दोहोरी क्षेत्रका सर्वाधिक हिट मोडल हुन् । मोडलका साथै उनी कोरियोग्राफर पनि हुन् । लोकदोहोरी तथा फिल्म क्षेत्रमा पनि उनको नाम लोकप्रिय छ ।

उनै शंकर बिसीले गिनिज बुकमा नाम लेखाउने भएका छन् । शंकर हालसम्म ३५ सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । उनले जति धेरै विश्वमा कसैले म्यूजिक भिडियो खेलेका छैनन् ।

शंकर स्वयमले केही महिनादेखि गिनिज बुकमा नाम लेखाउने तयारी भैरहेको तर कोरोनाका कारण रोकिएको बताएका छन् । यतिबेला शंकरलाई सामाजिक सञ्जालमा उनका प्रशंसकले शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्