यी हुन् बलिउडका सर्वाधिक धनी नायिकाहरु…



बलिउडमा केही यस्ता अभिनेत्रीहरु छन्, जसले बर्षभरिमा धेरै नै कमाई गर्न सफल भएका हुन्छन् । त्यतिमात्र नभएर उनीहरुले आफ्नो नाम धनी अभिनेत्रीहरुको सूचीमा लेखाइरहेका हुन्छन् ।

आज हामी बलिउडका सर्वाधिक धनी अभिनेत्रीहरु बारे चर्चा गर्नेछौँ ।

दिपिका पादुकोण
निकै चर्चित नायिका दिपिका पादुकोण पनि सर्वाधिक धनी नायिकको सुचीमा अटाएकी छिन् । उनी सन् २०१८ मा ४८ करोड कमाई गरेर १० औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनको नाम चौँथो नम्बरमा पुगेकी छिन् । उनको पछिल्लो वर्षको कमाई १११।८ करोड भइसकेको छ।

प्रियंका चोपडा
प्रियंका विश्वकै धनी अभिनेत्रीको सुचीमा १०० नम्बरमा आउँछिन् । चलचित्रबाट मात्र नभएर उनले इन्ष्टाग्राममा राखेका पोष्टहरुबाट पनि कमाइ गर्ने गरेकी छिन् । उनी इन्ष्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने बलिउड अभिनेत्री पनि हुन् ।

अनुष्का शर्मा
अनुष्का पनि बलिउडकी सर्वाधिक धनी अभिनेत्री हुन् । चलचित्रका अलवा उनले केही वेब सिरिज पनि निर्माण गरेकी छिन् । जसका कारण उनले झन् धेरै कमाइ गरिरहेकी छिन् । अनुष्का शर्माको सन् २०१९ को कमाई २८।६७ करोड थियो ।

कट्रिना कैफ
बलिउडकी अभिनेत्री  कैटरीना कैफको अघिल्लो वर्ष २३।६३ करोड थियो । जसले उनलाई धनि अभिनेत्रीहरुको सूचिमा २३ औँ नम्बरमा पर्छिन् । फिल्ममा काम गर्नुका साथै उनी केही ठूला ब्राण्डका एम्बेसडर पनि हुन् ।

आलिया भट्ट
आलिया भट्ट बलिउडकी सर्वाधिक धनी नायिकाको सुचीमा पर्छिन् । उनी सन् २०१९ को फोब्र्सको सूचिमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाई ५९।२१ करोड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्