पूजाको गुनासो : ‘कति सहने, कति चुप बस्ने’



केही समय अघि प्राइम टेलिभिजनमा दिएको अन्तवार्ताका कारण नायिका पूजा शर्मा नराम्रोसँग ट्रोल भइन् । चौतर्फी ट्रोल भएपछि आफू मानसिक तनावमा गएको पूजाले बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले अन्तवार्ता बिग्रिएकाले काटेर हाल्न अनुरोध गरेको तर प्रकाश सुवेदीले नमानेको बताएकी छिन् ।

उनले आफुले बोलेको कुरा प्रसारण भएर भाइरल भएको र ट्रोल सिकार बन्न पुगेको बताएकी छन् । त्यो आफ्नै गल्ती भएको र चुपचाप बसेको बताएकी छन् ।

अहिले रजटपट अंकल एपिवान टेलिभिजनमा गएर फेरि अन्तरवार्ताका लागि आउन आग्रह गरेको बताएकी छन् । पहिलाको अन्तरवार्ताले भाइरल भएपछि आफु तनाव झेलिरहेको र फेरि त्यो गल्ती नदोर्याउने बताएकी छन् । फेरि बोलाएको कार्यक्रममा आफुलाई लक्षित गरेर ‘दारा निस्केको, महानायिका ’ भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर आफ्नो मानहानी गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्