दर्शकले अत्यन्तै डिमाण्ड गरेपछि रिलिज भयो ‘दिल बेचारा’ को ‘मखसरी’



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र दिल बेचारा ले रेकर्ड माथि रेकर्ड बनाइरहेको छ । सुरुमा त यस चलचित्रको ट्रेलरले सबैभन्दा छोटो समयमा सर्वाधिक भ्यूज र लाइक पाउने ट्रेलर बनेर रेकर्ड राख्यो ।

त्यसपछि डिजिटल प्ल्याटफर्ममा रिलिज भएको चलचित्रमध्ये सबैभन्दा धेरै भ्यूज पाउने चलचित्र पनि बन्यो । यस चलचित्रलाई दर्शकले असाध्यै नै रुचाए । त्यसका साथै चलचित्रको गीतसंगीतलाई पनि दर्शकले औधी माया दिएका छन् ।

दर्शकको अत्याधिक डिमाण्ड आएपछि दिल बेचारा टिमले चलचित्रको नयाँ गीत मखसरी रिलिज गरेको छ । गीतमा सुनिधि चौहान र हृदय गट्टाणीको आवाज रहेको छ । रिलिज भएको केही समयमा उक्त गीतलाई दर्शकले निकै मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्