बलिउड निर्देशन रोहितले गरे आफ्नो पारिश्रमिक कोरोनाका कारण समस्यामा परेका फिल्म कर्मचारीलाई दिने निर्णय



रोहित सेट्टी बलिउडका निकै चर्चित निर्देशक हुन् । उनले धेरै नै सफल चलचित्रहरु निर्देशन गरिसकेका छन् । रोहित चलचित्र निर्देशनसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

उनले लकडाउनको समयमा कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग गरेका थिए । उनले त्यस समयमा कोरोनाका कारण समस्यामा परेका प्रहरी र मजदुरलाई सहयोग गरेका थिए ।

फेरि उनी आफ्नो कमाई समस्यामा परेकाहरुलाई दिदैँछन् । यसपटक उनले चलचित्रकर्मीलाई सहयोग गर्न लागेका हुन् । रोहितले कोरोनाका कारण दैनिक गुजारा चलाउन गाह्रो भएका चलत्रिचका लाइटम्यान, कोरश डान्सर, स्डन्डम्यानलाई नगद सहयोग गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्