नबन्ने भयो सलमानको ‘किक २’



२३ साउन २०७७, काठमाडौँ

किक बलिउडमा सर्वाधिक हिट भएको चलचित्र हो । सलमान खान र ज्याकलिन फर्नान्डेजको मुख्य भूमिका रहेको चलचित्रले दमाकेदार व्यापार गरेको थियो । किकलाई साजिद नाडियाडवालाले निर्देशन गरेका थिए ।

साजिदले किक २ पनि बनाउन चाहेका थिए । यस चलचित्रको कथा सलमानलाई सुनाइएको पनि थियो । तर सलमानले चलचित्रको कथा मन नपरेपछि काम नगर्ने बताएका थिए ।

प्राप्त जानकारी अनुसार अब किक २ नबन्ने भएको छ । किनकी चलचित्रको लागि नयाँ स्क्रिप्ट मिलेको नै छैन । किक २ नबन्ने भएपछि यतिबेला साजिद नयाँ चलचित्रको काममा लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्