चलचित्रको छायांकनको लागि बेलायत उडे बलिउड अभिनेता अक्षय कुमार



भारतमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यस्तोमा बलिउड अभिनेता अक्षय कुमार चलचित्रको छायांकनको लागि बेलायत उडेका छन् ।

अक्षय चलचित्र बेल बटम को लागि बेलायत उडेका छन् । उनीसँगै उनकी श्रीमती ट्वीङ्कल खन्ना र उनका २ सन्तान पनि बेलायत उडेका छन् ।

अक्षयसँगै नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत लण्डन उडेका हुन् । कोरोना भाइरसको संक्रमण चलिरहेको समयमा अन्य निर्माताले चलचित्रको छायांकन सुरु गर्न सकेका छैनन् ।

अक्षयले भने सधै डरमा बाँच्न हुँदैन भन्दै चलचित्रको छायांकन सुरु गरेका हुन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्र सन् १९८० को सेटमा छायांकन गरिनेछ । चलचित्रमा अक्षयको साथमा बानी कपुर, हुमा कुरेसी, लारा दत्त लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्