‘गरिब, दुखीलाई किन दान गर्नुहुन्न’? भन्दै प्रश्न गर्नेलाई अमिताभले दिए यस्तो जवाफ…



एकदमै कम विवादमा आउने अभिनेताको सुचीमा पर्छन् बलिउड अभिनेता अमिताभ बच्चन । कसैले केही भनिहाले पनि शान्त नै बस्न रुचाउने अमिताभ खासै ट्रोल हुदैँनन् । तर पछिल्लो केही समयदेखि भने उनी ट्रोलको शिकार भैरहेका छन् ।

लकडाउनको समयमा उनलाई धेरैले किन समस्यामा परेकाहरुलाई सहयोग नगरेको भन्दै प्रश्न उठाएका थिए । अहिले पनि एक प्रयोगकर्ताले ट्वीटरमा अमिताभको पर्समा त टन्नै पैसा होला, फेरि पनि उनी किन गरिबहरुलाई सहयोग गर्दैनन् भनेर प्रश्न गरेका छन् ।

साथै उनले मुखले बोलेर मात्र नभएर व्यवहारमा पनि सहयोग गरेपछि मात्र मानिसहरुले उनलाई एउटा राम्रो व्यक्तिको उदाहरणको रुपमा लिने पनि बताएका छन् ।

ती प्रयोगकर्तालाई अमिताभले गतिलो जवाफ आफ्नो भ्लगमार्फत फर्काएका छन् । उनले भ्लगमा भनेका छन्, ‘लकडाउनका बेला दैनिक पाँच हजार व्यक्तिलाई बिहान र बेलुकाको खाना खुवाएँ । मुम्बईबाट जाँदै गरेका १२ हजार प्रवासी मजदुरलाई जुत्ता–चप्पल दिएको छु । बिहारदेखि युपी पुर्याउन मजदुरका लागि बसको प्रबन्ध मिलाएको छु । एकपटक त मजदुरका लागि पूरा रेल नै बुक गराएको थिएँ । जब राजीतिका कारण रेल रद्द यो तब इंडिगोको ६ विमानमार्फत् १ सय ८० यात्रुलाई घरसम्म पुर्याएँ । आफ्नो खर्चमा १५ हजार पीपीई किट दिएको छु, १० हजार मास्क दिएको छु । दिल्लीमा सिख समुदायका अध्यक्षलाई धेरै दान दिएको छु किनभने उनी लगातार गरिबलाई खाना खुवाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्