घरबाट भागेर शहर आएकी सलिना नेपाली यसरी बनिन् दोहोरी गायिका…(भिडियो सहित)



सलिना नेपाली पछिल्लो समयकी चर्चित गायिका हुन् । विगत ८ बर्षदेखि सांगितीक क्षेत्रमा आफूलाई स्थापित गराउन मेहेनत गरिरहेकी सलिनाले धनगढी थर्काउने, नाचन साइली, कानैको झुम्काना लगायतका हिट गीतमा आवाज दिइसकेकी छिन् ।

अर्घाखाँचीमा जन्मिएकी सलिनालाई नाच्न, गाउन सानैदेखि नै असाध्यै मनपर्थ्यो । तर कमजोर आर्थिक स्थितिका कारण घरपरिवारको साथ पाउन सकिनन् । पछि आफ्नो रहर पुरा गर्न उनी काठमाडौँ आइन् ।

निरन्तरको संघर्षपछि सलिनाले आज सांगितीक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । गीत गाउनुका साथै उनले केही गीतम मोडलिङ समेत गरिसकेकी छिन् ।

थप जानकारीका लागि सलिनासँगको रमाइलो कुराकानी हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्