अस्पतालको प्रचार गरेको आरोप लागेपछि अमिताभ बच्चनले दिए यस्तो जवाफ…



२१ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना पोजेटिभ देखिएपछि उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । २३ दिनसम्मको निरन्तरको उपचारपछि उनी केहीदिन अघिमात्र कोरोना मुक्त भएर अस्पतालमा डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

अमिताभले कोरोनामुक्त भएपछि नानावती अस्पताललाई धन्यवाद दिदैँ ट्वीटरमा एक ट्वीट गरेका थिए । उक्त ट्वीटले नै अहिले उनलाई विवादित बनाएको छ । उनको ट्वीटमा एक महिलाले ट्वीट गर्दै अमिताभले महंगो अस्पतालमा उपचार गराएको र सामाजिक सञ्जालमा नानावती अस्पतालको प्रचार गरेको आरोप लगाएकी छिन् ।

उक्त महिलालाई अमिताभले गतिलो जवाफ दिएका छन् । अमिताभले आफूले नानावती अस्पतालको प्रमोशन नगरेर अस्पतालले आफूलाई दिएको सेवालाई लिएर अस्पताललाई धन्यवाद मात्र भन्न खोजेको बताएका छन् । साथै उनले यसअघि आफूलाई राखिएका अन्य अस्पताललाई पनि धन्यवाद दिन भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्