गाईजात्रा विशेष कार्यक्रममा व्यङ्ग्य गर्दै कलाकारले भने, ‘नेताहरुले ३६५ दिन नै गाईजात्रा गरे’



२० साउन २०७७, काठमाडौँ

गाईजात्रा विशेष कार्यक्रममा चर्चित हाँस्य कलाकारहरुले नेताहरुमाथि नराम्रोसँग व्यङ्ग्य प्रहार गरेका छन् । हुन त गाइजात्रा रमाइलोको लागि नै गरिन्छ र हरेक बर्ष नेताहरु गाइजात्रामा रोस्ट भैरहेका नै हुन्छन् ।

केही हाँस्य कलाकारले नेताहरुले ३६५ दिन नै गाइजात्रा देखाइरहने बताए । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे ।

कलाकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे । उनले भने,‘नेताहरु कोटे, नोटे, भोटे र चोटे छन् र नेपाली जनता अनुशासित र अनुबन्धित दुई प्रकारका छन् ।’ मन्त्रीको गाडीमा ब्रिफकेस किन हालिन्छ भनी नेताहरुले पत्ता लगाउनुपर्ने बताए । नेताहरुले ३६५ दिन नै गाईजात्रा मनाएको समेत उल्लेख गरे ।

यस्तै दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका कलाकारले पनि नेताहरुको व्यङ्ग्य गरेर कार्यक्रमलाई अझ रसिलो बनाइदिए ।

 

प्रतिक्रिया दिनुहोस्