पौडी खेल्ने क्रममा डुबेर बेपत्ता २ जनाको शव फेला



कैलाली साउन २०, २०७७

कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिए ।

नीहरुको शवपरीक्षणका लागि अस्पताल ल्याइएको जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासीले बेपत्ता भएदेखि उनीहरुको खोजी कार्य जारी राखेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै

प्रतिक्रिया दिनुहोस्