चर्चित रियालिटी शो ‘हिमालय रोडिज सिजन ३’ को बिजेता बने सुजन सुवेदी



२० साउन २०७७, काठमाडौँ

हिमालय रोडिज दर्शकले सर्वाधिक रुचाएको रियालिटी शो हो । हिमालय रोडिज सिजन ३ को ग्राण्ड फिनाले हिजोमात्र सकिएको छ ।

हिमालय रोडिज सिजन ३ को बिजेता सुजन सुवेदी बन्न सफल भएका छन् । सुजन सुवेदी टिम ग्रीन अर्थात ग्याङ्ग लिडर आशिष राना –लाहुरे) को टिममा थिए । उनले अडिसन, कलिङ र जर्नी राउण्ड पार गर्दै फिनालेमा पुगेर उपाधी जितेका हुन् ।

उनको प्रस्तुती सुरुवातदेखि नै उत्कृष्ट थियो, जसका कारण उनले दर्शकबाट पनि राम्रो साथ पाइरहेका थिए । यतिबेला उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्