सुशान्तकी प्रेमिका रिया फरार भएको प्रहरीको दाबी, वकिलले भने गरे यस्तो खुलासा…



२० साउन २०७७, काठमाडौँ

सुशान्त सिंह राजपुतको केशले दिनप्रति दिन नयाँ मोड लिइरहेको छ । उनले सुसाइड गर्ने बित्तिकै उनको सुसाइडको कारण बलिउडमा हुने गरेको नेपोटिज्म बताइएको थियो । तर अहिले उनले आफ्नी प्रेमिका रिया चक्रवर्तीका कारण सुसाइड गरेको खबर बाहिर आइरहेको छ ।

केहीसमय अघि पटना प्रहरी कार्यालयमा सुशान्तका पिता केके सिंहले सुशान्तको मृत्युको कारण रिया रहेको दाबी गर्दै उनी र उनको परिवार विरुद्ध एफआइआर दर्ता गराएका थिए ।

यसैबिच पटना प्रहरी कार्यालयले रिया फरार भएको दाबी गरेको छ । रियाका वकिल भने यस कुरालाई स्वीकार्न तयार छैनन् । उनले रिया कतै फरार नभएको बताएका छन् । साथै रियाका वकिलले प्रहरीबाट हालसम्म रियालाई कुनैपनि लिगल नोटिस पनि नआएको बताएका छन् ।

भारतीय मिडियामा प्रकाशित केही रिपोर्टमा रिया केही दिन अघि आधा रातमा आफ्नो परिवारसहित उनी बसिरहेको भवनबाट निस्किएको दाबी गरिएको छ । यस्तै कतिले भने दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले प्राथमिकीमा रियासमेत ६ व्यक्तिमाथि आत्महत्याका लागि उक्साएको आरोप लगाउने बित्तिकै रिया फरार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्