सुशान्तका बडिगार्डले भने, ‘सुशान्त बिरामी भएर सुत्थे, रिया घरमा पार्टी गर्थिन्’



१९ साउन २०७७, काठमाडौँ

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको २ महिना बित्न लागिसकेको छ । तर उनको आत्महत्याको मुख्य कारण अझै खुल्न सकेको छैन । एकपछि अर्को गर्दै नयाँ राजहरु बहिर आइरहेका छन् ।

यसैबिच सुशान्तका बडिगार्डले पनि नयाँ खुलासा गरेका छन् । उनले रिया आएपछि वास्तवमै सुशान्तको जीवन बद्लिएको बताएका छन् । उनले भने, धेरै समय सुशान्त बिरामी भएर ओछ्यानमा पल्टिरहेका हुन्थे, रिया भने घरमा मान्छे बोलाएर पार्टी गरिरहेकी हुन्थिन् । जसमा पैसा पनि सुशान्तको नै खर्च हुन्थ्यो ।

उक्त पार्टीमा रियाका पिता र भाइ समेत आउने गरेको उनले बताएका छन् । उनले सुशान्तले औषधी लिएपछि पुरै समय सुत्ने गरेको पनि बताए ।

‘पछिल्लो समय जब उनी युरोप भ्रमणबाट आएका थिए, उनी बिरामी नै थिए, सधै ओछ्यानमा हुन्थे, जबकि पहिले उनी त्यस्तो थिएनन्,’ उनले भने ।

ती बडीगार्डका अनुसार पहिले उनी निकै एक्टिभ हुने गर्थे । सुशान्तको जीवनमा आएपछि रियाले उनका स्टाफ पनि बदलेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्