कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भए बलिउड अभिनेता अमिताभ बच्चन



१९ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन् । यो कुराको जानकारी स्वयम अमिताभले आफ्नो फेसबुकमार्फत दिएका छन् ।

पछिल्लो कोरोना रिपोर्ट उनको नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । अमिताभले आफ्नो लागि प्राथना गर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

उनीसँगै अभिषेक, ऐश्वर्या र आराध्या पनि कोरोनामुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएपछि उनीहरु सबैलाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्