प्रहरीको कोठाबाट थप एक केजी सुनजस्तो देखिने धातु बरामद



१६ साउन २०७७, काठमाडौं । काठमाडौंबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद भएको छ। बागबजारस्थित उमेश श्रेष्ठको घरबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद गरेको प्रहरी स्रोतले जानकारी दियो।

उमेश श्रेष्ठका आफन्त प्रशन्न श्रेष्ठको कोठाबाट सो परिमाणमा धातु भेटिएको हो। प्रशन्न श्रेष्ठ महानगरीय प्रहरी वृत्त, दरबारमार्गका घुमुवा प्रहरी हुन्।

गत मंगलबार साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नेक्रममा प्रशन्न श्रेष्ठको कोठामा छापामा मार्दा एक किलो धातु बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्