उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की !



१५ साउन २०७७, काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए ।

एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ । मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।’

संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्