‘केजीएफ २’ मा सञ्जय दत्तको डरलाग्दो लुक्स



१५ साउन २०७७, काठमाडौँ

केजीएफ व्यवसायिक रुपमा निकै नै सफल भएको चलचित्र हो । केजीएफ को कथालाई दर्शकले निकै नै रुचाएका थिए । केजीएफ २ को पर्खाइमा दर्शकहरु लामो समयदेखि गरिरहेका छन् ।

अब भने केजीएफ २ आउने भएको छ । केजीएफ २ दर्शकले सञ्जय दत्तलाई पनि देख्न पाउने भएका छन् । केजीएफ २ मा उनी भिलेनको भूमिकामा देखिन लागेका हुन् । हालै केजीएफ २ मा रहेको सञ्जयको क्यारेक्टर पोष्टर रिलिज भएको छ ।

जहाँ उनी निकै डरलाग्दो देखिएका छन् । बुधवारबाट ६१ वर्षका भएका सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विट गरेर फिल्ममा आफूले निर्वाह गरेको अधिराको लुक्स सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘यो फिल्ममा काम गर्न पाएकोमा खुसी छु । योभन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन । धन्यवाद ।’ पोस्टरमा उनको लुक्स देखेर दर्शकहरु चकित परेका छन् ।

प्रतिक्रिया दिनुहोस्