
१५ साउन २०७७, काठमाडौँ
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको केशले नयाँ मोड लिएको छ । पहिले सुशान्तले नेपोटिज्मका कारण सुसाइड गरेको खबरहरु बाहिर आएका थिए । अहिले भने सुशान्तले प्रेमिका रिया चक्रवर्तीले उनलाई निकै नै तनाव दिएका कारण उनले सुसाइड गरेको खबरहरु सार्वजनिक भएका छन् ।
यसैबिच सुशान्तकी पूर्व प्रेमिका अकिंता लोखण्डेले पनि यसबारे केही बताएकी छिन् । उनले सुशान्तले आफूलाई रियासँगको सम्बन्धका कारण आफू तनावमा रहेको बताएको जानकारी दिएकी छिन् । उनले सुशान्तसँग च्याटमा कुरा हुदाँ सुशान्तले रियाले उनलाई निकै नै तनाव दिन थालेको र अब रियासँगको सम्बन्ध आफूले टुग्ङ्याउन चाहेको बताएको बताएकी छिन् ।
अब अंकिताले आफ्नो यो च्याट बिहार प्रहरीसँग मिलेर साझा गरेकी छिन् । यसबाहेक अंकिताले त्यसपछि पनि सुशान्त र उनीबीच भएको सबै च्याट बिहार प्रहरीसमक्ष साझा गरेकी छिन् । यसै आधारमा अब बिहार प्रहरीले आफ्नो छानबिन सुरु गरेर प्रमाण जम्मा गरिरहेको छ ।