बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरे रुकुम घटनाका पिडितलाई ५ लाख सहयोग



१५ साउन २०७७, काठमाडौँ

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रुकुम सोती घटनाका मृतकको परिवारलाई ५ लाख सहयोग गरेका छन् ।

उनले पत्रकार सम्मेलन गरिन जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत जेठ १० गते सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटनाका पिडितलाई उनले आर्थिक रकम सहयोग गरेका हुन् ।

उक्त घटनामा नवराजसँगै केटीको घरमा गएका नवराजका ५ जना साथीहरुको पनि निधन भएको थियो । मृतकका प्रत्येक परिवारलाई ५० हजारका दरले रकम हस्तान्तरण गरिने छ । यस्तै घाइते भएका १२ जनालाई १० हजारका दरले रकम हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्