चलचित्र बनाउने तयारीमा ‘गोलमाल’ का ‘ठेकेदार’ र ‘गौथली’ (भिडियो सहित)



१४ साउन २०७७, काठमाडौँ

पछिल्लो समयमा दर्शकको मन जित्न सफल छन् चर्चित हाँस्यटेलिश्रृखंला गोलमाल का शिवहरी नेपाल (ठेकेदार) र अस्मिता बस्नेत (गौथली) । ठेकेदार र गौथलीको केमेष्ट्रिलाई दर्शकले निकै नै रुचाएका छन् ।

गैथलीको नामले परिचित कलाकार अस्मिता बस्नेत लामाे समयदेखि यस क्षेत्रमा संघर्ष गरिरहेकी छिन् । उनले गोलमाल भन्दा पहिले हर्के हल्दारमा काम गरेकी थिइन् । अझैपनि धेरै दर्शकले त उनलाई हर्के हल्दारमा निभाएको थुम्कीको क्यारेक्टरले नै चिन्ने गरेका छन् ।

त्यसका साथै अस्मिताले थुप्रै म्यूजिक भिडियोमा काम गरेकी छिन् । यस्तै गोलमालका ठेकेदार अर्थात शिवहरी नेपाल कलाकारको साथै आफूलाई डिरक्टरको रुपमा चिनाउन संघर्षरत छन् । रिलमा एकअर्काको जोडीको रुपमा काम गरेका शिवहरी र अस्मिता चाडैँ नै दर्शकमाझ नयाँ प्रोजेक्ट लिएर आउँदैछन् ।

थप जानकारीका लागि शिवहरी र अस्मितासँगको रमाइलो अन्तवार्ता हेर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस्