सुशान्तकी प्रेमिका रियाले सुशान्तलाई दिएकी थिइन् उनले भनेको नमाने मेडिकल रिपोर्ट मिडियामा दिने र उनी पागल भएको बताइदिने धम्की !



१४ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको १ महिना नाघिसकेको छ । तर उनको आत्महत्याको वास्तविक कारण अझै खुल्न सकेको छैन । सुशान्तको आत्महत्यापछि उनीबारे दिनप्रतिदिन नयाँ खुलासा भैरहेका छन् ।

इसैबिच सुशान्तका पिताले कसैलाई थाहा नभएको राज बाहिर ल्याएका छन् । उनले पटनामा एफआइआर दर्ता गराएका छन् । सुशान्तका पिता केके राजपुतले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवारको विरुद्धमा एफआइआर दर्ता गराएका हुन् ।

सुशान्तका पिताले २०१९ सम्म आफ्नो छोरालाई कुनैपनि मानसिक तनाव नभएको तर जब रिया उनको जीवनम आइन् तब नै उनलाई तनाव सुरु भएको बताएका छन् । साथै सुशान्तका पिताले सुशान्तलाई मानसिक तनाव नै थियो भने पनि उनको उपचार गर्नुअघि परिवारको सल्लाह लिन आवश्यक भएको तर यतिका समयसम्म उनको रोगबारे आफूहरुलाई किन जानकारी गराइएन, यसको अनुसन्धानको माग गरेका छन् । सुशान्तका पिताको अर्को प्रश्न, सुशान्तको उपचार गराइरहेका डाक्टरले उनलाई के कस्तो औषधी खान दिएका थिए ?

यतिमात्र नभएर सुशान्तका पिताले सुशान्तको मानसिक  स्थिति नाजुक बन्दै जादाँ रियाले उनको सबै कागजपत्र आफूसँग लैजानु, उनको राम्रोसँग उपचार नगराउनु, उनलाई एक्लै छोड्नु जस्ता काम किन गरिन् त्यसको अनुसन्धान गर्न माग गरेका छन् ।

अब आउँछ सबैभन्दा महत्वपूर्ण विषय । सुशान्तले पछिल्लो समयमा फिल्मक्षेत्र छोडेर खेतीपातीमा समय दिने योजना बनाइसकेका थिए । त्यसको लागि उनले साथी महेशसँग केरला जाने योजना बनाएका थिए । तर रियाले यो कुराको विरोध गरेकी थिइन् । रियाले उनले भनेको नमाने आफूले मिडियामा सबै मेडिकल रिपोर्ट दिने र उनी पागल भइसकेको भनेर घोषणा गरिदिने धम्की पनि दिएकी थिइन् । जब रियालाई सुशान्तले उनको कुनै पनि कुरा नमानेको र उनको ब्यालेन्स पनि कम भइरहेको थाहा भयो तब रियाले सुशान्त उनको लागि अब काम नलाग्ने सोचिन् । त्यसपछि सुशान्तको घरमा बसिरहेकी रिया ल्यापटप, पैसा, गहना, क्रेडिट कार्ड, उपचारका कागजपत्र, पिन नम्बर, पासवर्ड, सबैकुरा लिएर गइन् । यसको अनुसन्धान गरियोस् ।

उनका अनुसार जो डाक्टरले सुशान्तको उपचार गरेका थिए, यस्तो लाग्छ, उनी पनि रियाको षड्यन्त्रमा समावेश थिए । यो कुराको पनि अनुसन्धान हुनुपर्ने के।के सिंहले माग राखेका छन् ।

। सुशान्तको सबै बैङ्क अकाउण्टमा गरेर १७ करोड भारु रहेछ । तर त्यो १७ करोडमध्ये १५ करोड एक बर्षमा निकालिएको छ । अचम्मको कुरा त के छ भने १५ करोड सुशान्तले कतैपनि लेनदेन गरेर सकेका होइनन् । भनेपछि त्यतिका रकम कहाँ, कसले र कसरी खर्च गर्यो त्यसको जानकारी माग पनि सुशान्तका पिताले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्