टेलिभिजन कार्यक्रम जातको प्रश्न लिएर दर्शकमाझ आउँदै अभिनेता राजेश हमाल



१४ साउन २०७७, काठमाडौँ

महानायक राजेश हमाल ठूलो पर्दामा नदेखिएको लामो समय भैसकेको छ । तर उनी चलचित्र क्षेत्रबाट हराएका पनि छैनन् । उनी विभिन्न कार्यक्रम मार्फत दर्शकसँग जोडिरहेका नै हुन्छन् ।

केहीसमय अघि उनले को बन्छ करोडपति होस्ट गरेका थिए । एपि वान बाट प्रशारण हुने यस शो लाई दर्शकले खुबै नै रुचाएका थिए । अब फेरि राजेश हमाल टेलिभिजन कार्यक्रम जातको प्रश्न लिएर दर्शकमाझ आउँदैछन् ।

यो कार्यक्रम अब आउने शनिबारदेखि कान्तिपुर टेलिभिजनमा साझँ ६ः३० मा प्रशारणमा आउने बताइएको छ ।

सो कार्यक्रममा समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार एक प्रेस मिट मार्फत विस्तृत जानकारी गराउँदैछ ।

राजेशले टेलिभिजनमा यस अगाडि ‘को बन्छ करोडपति’ र ‘वाइ वाइ क्वीज’ संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्