‘साम्राज्ञी मेरी छोरीजस्तै हुन्, मैले उनीसँग मुख लाग्न सुहाउँदैन’ :  झरना थापा



१३ साउन २०७७, काठमाडौँ

करिब १ महिना अघि सुरु भएको भुवन र साम्राज्ञी विवादले उग्र रुप लिइरहेको छ । साम्राज्ञीले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफूले काम गरेका केही चलचित्रबाट नराम्रो अनुभव भोग्नुपरेको बताएकी थिइन् ।

नाम त लिइनन् तर उनले चलचित्र ड्रिम्स, ए मेरो हजुर २ र इन्टु मिन्टु लण्डनमा काम गर्दा उनले नराम्रो अनुभव भोगेको बुझ्न दर्शकलाई गाह्रो भएन् । त्यसबेला ए मेरो हजुर २ की निर्देशक झरना थापा र इन्टु मिन्टु लण्डनमा की निर्देशक रेनशा वान्तवा राईले कुनैपनि प्रतिक्रिया दिएका थिएनन् । तर भुवन भने झङ््गिए ।

यस्तै गोप्य स्रोतले बताएअनुसार एक फोन अन्तवार्तामा झरनाले यस घटनाबारे प्रतिक्रिया दिएकी छिन् । उनले साम्राज्ञीलाई आफूले छोरीजस्तै मानेकाले उनलाई अपहेलना गर्न नसक्ने बताएकी छिन् । वास्तवमा साम्राज्ञीले ए मेरो हजुर २ मा काम गर्दा खाना, पानी समयमा नपाउने गरेको भन्दै प्राविधिक कमजोरी भएको गुनासो गर्दा झरनाले उनलाई गाली गरेको बताएकी थिइन् ।

तर झरनाले साम्राज्ञीसँग काम गरुन्जेल उनको सम्बन्ध साम्राज्ञीसँग कहिल्यै पनि नचिस्सिएको स्पष्ट पारेकी छिन् । उनले साम्राज्ञी निकै नै मेहेनती र आफ्नो कामप्रति सधैँ नै गम्भिर रहने बताइन् । तर उनले साम्राज्ञी अहिले अलि बच्चै भएका कारण ती सबै कुराहरु भनेको हुनसक्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्