बलिउडका चर्चित एक्सन निर्देशक परवेज खानको हृदयघातका कारण निधन



१३ साउन २०७७, काठमाडौँ

परवेज खान बलिउडका निकै नै चर्चित एक्सन निर्देशक हुन् । उनले बलिउडका धेरै चलचित्रमा एक्सन निर्देशकको रुपमा काम गरेका छन् । उनै परवेज खानको ५५ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

परवेजले सन् १९८६ देखि बलिउडमा काम गरिरहेका थिए । उनलाई स्वास्थ्यमा त्यस्तो केही समस्या देखिएको थिएन तर अचानक सोमबार बिहान उनको छाती दुख्न थालेपछि अस्पताल भर्ना गरिएको थियो । त्यतिबेलै उनको निधन भएको अस्पतालले घोषणा गरिदिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्