ऐश्वर्या र आराध्या भए कोरोनामुक्त, अमिताभ र अभिषेक अझै केहीदिन अस्पतालमै बस्ने



१३ साउन २०७७, काठमाडौँ

परिवारका चारैजना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि केहीसमय अघि बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारलाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय मिडिया अनुसार अमिताभकी बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्नन कोरोनामुक्त भएका छन् । अमिताभ र अभिषेक भने अझै केहीसमय अस्पतालमै बस्नेछन् ।

बुहारी र नातिनी कोरोनामुक्त भएपछि अमिताभ भावुक भएका छन् ।

अमिताभले ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो आँसु रोक्न नसकेको जानकारी ट्वीटरमार्फत् दिएका छन् । उनले ऐश्वर्या र आराध्याको तस्बिर पोस्ट गर्दै लेखे, ‘आफ्नी सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपरम्पार ।’

प्रतिक्रिया दिनुहोस्