लागूऔषध सहित पक्राउ



१२ साउन २०७७, सुनसरी

कोशी गाउँपालिका–८ भाण्टावारी चारकुनेबाट नियन्त्रित लागूऔषध १ सय एमएलको १० बोतल डाइलेक्स डिसि र ५० ट्याब्लेट नाइट्रोसन सहित सोही ठाउँ बस्ने २० वर्षीया गितादेवी सदालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको प्रहरीले गितालाई लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्