साम्राज्ञीको समर्थन गर्दै नायिका दिपशिखाले भनिन्, ‘भुवन काकालाई १० करोड होइन १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउनु पर्छ’



१२ साउन २०७७, काठमाडौँ

यतिबेला साम्राज्ञी र भुवनको विवादले पुरा चलचित्र क्षेत्र नै तात्तिएको छ । दिनप्रतिदिन बढ्दै गएको विवादले यतिबेला सबैको ध्यान खिचेको छ । यस्तै नायिका दिपशिखा खड्काले भने सामाजिक सञ्जालमा स्टाटस लेख्दै भुवनलाई निकै ठूलो चुनौती दिएकी छिन् ।

उनले साम्राज्ञीको समर्थन गर्दै भुवनले आफ्नो सीमा नाघिसकेको बताएकी छिन् । उनी लेख्छिन्, ‘भुवन काकालाई १० करोडको क्षती दिनु पर्यो अरे । तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउन नपुगेको त्यो पनि कालो मसो दलेर’ ।

‘ कहिले ब्यक्तिगत कुरा निकाल्ने,कहिले घरायसी कुरा निकाल्ने अनि अब १० करोडको माग ?’ ‘ यो बोका नै हो मलाई पनि राम्रोसँग थाहा छ । बोल्न परेको दिन बाउको बिहे देखाइ दिन्छु । नारीलाई कमजोर नसोच ।’

उनले साम्राज्ञीलाई अप्ठ्यारो परेको बेला आफू उनलाई साथ दिन तयार भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्