बलिउडकी चर्चित मोडल पूनम पाण्डेले प्रेमी स्यामसँग गरिन् इन्गेजमेन्ट



१२ साउन २०७७, काठमाडौँ

पूनम पाण्डे बलिउडकी निकै विवादित मोडल हुन् । विभिन्न हर्कत गरेर उनी बेला बेलाम चर्चामा आइरहेकी हुन्छिन् । विशेष सामाजिक सञ्जालमा सेयर गर्ने गरेका हदभन्दा ज्यादा बोल्ड तस्बिरले उनलाई विवादमा ल्याउने गरेका हुन्छ ।

उनै पूनमले प्रेमी स्याम बम्बेसँग इन्गेजमेन्ट गरेकी छिन् । स्याम र पूनम लामो समयदेखि प्रेममा छन् । यी दुईको प्रेम सामाजिक सञ्जालमा पनि बेला बेलामा देखिने गरेको थियो ।

स्यामले इन्ष्टाग्राममा तस्बिर सेयर गर्दै पूनम र उनले इन्गेजमेन्ट गरेको खबर दर्शकलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्