अस्पतालबाट अमिताभले भने, ‘रातको अँध्यारोको चिसो कोठामा म गीत गाउँछु’



११ साउन २०७७, काठमाडौँ

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना देखिएपछि यतिबेला उनीहरुको मुम्बईस्थित नानावत अस्पतालमा उपचार भैरहेको छ ।

अमिताभ अस्पतालमै भएपनि आफ्ना फ्यानसँग भने सामाजिक सञ्जालमार्फत जोडिरहेका छन् । उनले हालै एक भ्लग तयार पारेका छन् । जहाँ उनले अस्पतालमा रहदाँको आफ्नो अनुभव सुनाएका छन् ।

भ्लगमा अमिताभले भनेका छन्, ‘रातको अँध्यारोमा एक चिसो कोठामा म गाउँछु, सुत्ने प्रयास गर्दै आँखा बन्द गर्छु, यहाँ तपाईंसँग कोही हुँदैनन्,’ अमिताभले आफ्नो ब्लगमार्फत भने, ‘कैयन् हप्तादेखि मैले कसैलाई देखेको छैन, जो डाक्टरले तपाईंको उपचार गर्छन्, उनीहरु पनि पीपीई किटमा हुन्छन् ।’

अमिताभ अगाडि लेख्छन्, ‘के यसको असर मानसिक स्वास्थ्यमा पर्छ ?’

उनले मनोचिकित्सकका अनुसार यसको असर पर्ने बताएका छन् । उनका अनुसार अस्पतालबाट निस्केपछि पनि मान्छे डराइरहेको हुन्छ । ‘मान्छे सार्वजनिक स्थलमा जान पनि डराउँछ, उनीहरुलाई लाग्न सक्छ कि, मान्छेले अब फरक व्यवहार गर्नेछन्,’ उनी भन्छन् ।

साथै उनले आफ्नो लागि प्राथना गर्ने सम्पूर्ण फ्यानलाई धन्यवाद दिएका छन् । साथै कारोनाबाट सुरक्षित रहन पनि उनले आफ्ना सबै फ्यानलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्