
११ साउन २०७७, काठमाडौं
पोखरा आसपास क्षेत्रमा लागूऔषध बेचबिखन गर्दै आएका राहित कुमार पाण्डेयलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।
महोत्तरी घर भई हाल पोेखरा महानगरपालिका वडा नं. १२ चापापानी मार्ग बस्ने पाण्डेलाई लागू औषध नाईट्रोभेट ९७४ थान सहित पक्राउ गरिएको हो । उनलाई लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय, पोखरा र जिल्ला कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।