लागूऔषधका फरार प्रतिवादी पक्राउ



११ साउन २०७७, काठमाडौं

लागूऔषध ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी रोहित श्रेष्ठलाई पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनको समन्वयमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार रोहित श्रेष्ठ भनिने रोदिन श्रेष्ठ पोखरा महानगरपालिका वडा नं. ८ फेवासिटी हस्पिटल नजिकैबाट पक्राउ परेका प्रतिवादी आकाश शाह समेतको संलग्नता रहेको लागूऔषध ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी हुन् ।

हाल उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्