‘अब नडराई विश्वासका साथ अगाडी बढ्नेछु’ : साम्राज्ञी राज्यलक्ष्मी शाह



११ साउन २०७७, काठमाडौँ

भुवन केसीले साम्राज्ञीले आफ्नो इज्जतमा दाग लगाउने कोशिस गरेको भन्दै उनी विरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता गरिदिए ।

साम्राज्ञीले यो विवादलाई यहि नै टुङ्ग्याउन खोजेकी थिइन् । तर भुवनले नै सेलाइसकेको कुरालाई फेरि बढावा दिए । साम्राज्ञीले यसबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

उनले अब डटेर यो कुराको सामना गर्ने बताएकी छिन् । साथै उनले आफू नडराएको पनि प्रतिक्रिया दिइन् । साम्राज्ञीले भूवनले मुद्दा दर्ता गरेको भोलीपल्ट सामाजिक संजालमा लेखिन्–‘डर भन्दा विश्वार निष्ठाको साथमा अगाडि बढ्नुछ ।’साम्राज्ञीले २१ औं शताब्दीको महिला भएको भन्दै डर भन्दा आफूमाथि विश्वास आवश्यक रहेको उल्लेख गर्न खोजेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्