बलिउड संगीतकार ए.आर रहमानको गुनासो– ‘मलाई कामविहिन बनाउन ठूलो समूह लागेको छ’



११ साउन २०७७, काठमाडौँ

ए.आर रहमान बलिउडका निकै नै चर्चित संगीतकार हुन् । उनले धेरै सफल गीतमा संगीत भरेका छन् । उनै संगीतकार ए.आर रहमानले बलिउडमा एउटा समूह रहेको र उक्त समूहले आफूलाई कामबिहिन बनाउने कोशिस गरिरहेको भन्दै गुनासो पोखेका छन् ।

रहमानले भने–‘जब ‘दिल बेचरा’का निर्देशक मुकेश छाबडाले चलचित्रमा संगीतका लागि मलाई अफर गर्न आए, मैले उनलाई २ दिनमै ४ गीत तयार पारेर दिएँ । धेरै मानिसहरुले मुकेशलाई मसँग काम गर्न नजानु भनेर भनेका रहेछन् । उनीहरुले, मुकेशलाई मेरा विरुद्ध थुप्रै गलत कहानी पनि सुनाएका रहेछन् ।’

रहमानले यो कुरा थाहा पाएपछि आफूले हिन्दी चलचित्रमा कम काम गर्नुको कारण थाहा पाएको पनि बताए । उनले भने–‘म डार्क चलचित्रमा मात्र काम गरिरहेको छु । किनकी, मेरो विरुद्धमा काम गर्ने एक समुह नै छ, जसले मलाई नोक्सान पुर्याइरहेका छन् ।’

उनले धेरै मानिसहरु आफूसँग काम गर्न चाहेको तर त्यहि समूहका कारण ती मानिसहरु आफू समक्ष आइ नपुगेको बताएका छन् । तर रहमानले आफू सधैँ नै आफ्नो काम भने निरन्तर गरिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्