‘प्रेमगीत ४’ को तयारीमा सन्तोष सेन



११ साउन २०७७, काठमाडौँ

चर्चित निर्माता सन्तोष सेन चलचित्र प्रेमगीत ४ को तयारीमा जुटेका छन् । लकडाउनका कारण प्रेमगीत ३ रिलिज हुन सकेन । अब आउने चैत्रमा प्रेमगीत ३ रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ ।

प्रेमगीत ४ भन्दा अगाडी सन्तोषले अर्को चलचित्र बनाउने घोषणा केहीसमय अघि गरेका थिए । उक्त चलचित्रको लागि उनले छायांकन स्थल हेर्न गएको जानकारी समेत दिएका थिए । चलचित्रको सम्पूर्ण तयारी सकिसकेको र माहोल सामान्य भएसाथ छायांकन सुरु गरिने निर्माण टिमले बताएको छ ।

त्योसँगै यतिबेला सन्तोषले प्रेमगीत ४ को कथा लेखनमा समय दिइरहेका छन् । उनीसँगै चलचित्रको काममा अभिनेता प्रदिप खड्का र निर्देशक छेतेन गुरुङले पनि साथ दिइरहेका छन् । केहिसमय पछि चलचित्रका कलाकार पनि फाइनल गरेर सार्वजनिक गरिने सन्तोषले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्