डिजिटल प्ल्याटफर्ममा रिलिज भएको सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ ले बनायो यस्तो रेकर्ड



 

११ साउन २०७७, काठमाडौँ

सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र दिल बेचारा ले नयाँ रेकर्ड कायम गरेको छ । हटस्टार एपमा रिलिज भएको यो चलचित्रले २४ घण्टा नबित्तै ७ करोड ५० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ ।

डिजिटल प्ल्याटफर्ममा रिलिज भएर यतिधेरै भ्यूज कमाउने दिल बेचारा पहिलो चलचित्र हो । चलचित्रलाई दर्शकले अत्यन्तै रुचाएका छन् । चलचित्रमा सुशान्तसँगै संजना सांघीको पनि मुख्य भूमिका रहेको छ ।

दिल बेचारा को ट्रेलरले पनि युट्युबमा नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्