दोषी ठहरिएमा साम्राज्ञीलाई हुनसक्छ २ बर्षसम्मको जेल सजाय



१० साउन २०७७, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले आफ्नै बाली भारी परिरहेको छ । उनले केहीसमय अघि सामाजिक सञ्जालमा भुवन केसीले आफूलाई दुव्र्यवहार गरेको बताएकी थिइन् ।

भुवनले साम्राज्ञीले आफ्नो इज्जतमा दाग लगाउन खोजेको भन्दै १० करोड क्षतिपूर्तिको माग गर्दै उनीविरुद्ध मुद्धा नै दायर गरिदिएका छन् । साम्राज्ञीले यो कुरालाई यहि टुङ्ग्याउन चाहेकी थिइन् । तर भुवनले यो कुरालाई उल्टै बढावा दिए ।

मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय ९१० मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्