पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न



१० साउन २०७७, काठमाडौं

पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरले ४५० वटा विभिन्न प्रजातिका विरुवाहरु रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सुर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोल मालिगाउँमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सोम मिश्र, वागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठ, नेकपा जिल्ला कमिटी सचिव डिपी ढकाल लगायत जिल्ला कमिटी सदस्यहरु, स्थानीय जनप्रतिनिधीहरु नेकपाका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

वृक्षारोपण गरिएको स्थानमा पुष्पलाल स्मृति पार्क निर्माण गर्ने व्यबस्थापन समितीका संयोजक कविराम थापाले परिवर्तन खबरलाई जानकारी गराए ।

जिल्ला समितीका अध्यक्ष ध्रुवराज बिष्टको सभापतिमा सम्पन्न भएको कार्यक्रमको संचालन समितीकै सचिव राजन केसीले गरेका थिए । कार्यक्रम बारे जानकारी आयोजक समितीका सदस्य युवा नेता दीपक थापाले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्