सुशान्तकी पूर्वप्रेमिका अकिंताको खुलासा, ‘सुशान्तले बलिउडमा निकै अपमान भोग्नुपरेको थियो’



१० साउन २०७७, काठमाडौँ

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतकी पूर्वप्रेमिका अकिंता लोखेन्डेले सुशान्तका बारेका केही बताएकी छिन् । उनले नायिका कगंना रनावतलाई सुशान्तको विषयमा बताएकी हुन् । किनकी सुशान्तको निधनदेखि नै कगंना उनको पक्षमा बोल्दै आएकी छिन् ।

अकिंताले सुशान्तले बलिउडमा प्रवेश गरेदेखि नै निकै अपमान सहनुपरेको बताएकी छिन् । उनले भनिन्, सुशान्तले बलिउडमा सञ्चार माध्यमको नकारात्मक भूमिका र व्यवसायिक एक्लोपन ९प्रोफेशनल आइसोलेसन० समेत भोग्नुपरेको थियो ।

बलिउडमा आफूमाथि भएको अपमानबाट नै सुशान्त निराशीसकेका थिए । तर उनले हार भने कहिल्यै पनि मानेनन् । धेरैपटक असफल भैरहदाँ पनि उनले कोशिस गरिरहे । अन्ततः  उनले आफूलाई अव्वल साबित गरेर नै छोडेका थिए । पछिल्लो समयमा उनले राम्रो नाम र दाम पनि कमाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्