साम्राज्ञीले आफ्नो इज्जतमा दाग लगाउन खोजेको भन्दै भुवनले गरे १० करोड क्षतिपूर्तिको माग



१० साउन २०७७, काठमाडौँ

साम्राज्ञी र भुवनको विवाद दिनप्रतिदिन चर्कदै गएको छ । अन्ततः भुवनले साम्राज्ञी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा नै दायर गरिदिएका छन् । भुवनले साम्राज्ञीले उनको इज्जतमा ठेस पुर्याउने काम गरेको भन्दै उनीविरुद्ध मुद्धा हालेका हुन् ।

उनले १० करोड क्षतिपूर्तिको माग गरेको मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।

साम्राज्ञीले अहिलेसम्म यसबारे केहीपनि प्रतिक्रिया भने दिएकी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्