आक्रोशित हुदैँ रीमाले भनिन्, ‘अपराध गर्नेहरु स–सम्मान छुट्न थाले’



१० साउन २०७७, काठमाडौँ

नायिका रीमा विश्वकर्माले अपराध गर्नेहरुले सजाय नपाई जेलबाट स–सम्मान छुटेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् ।

उनले आजभोली महिलाको हत्या, महिलामाथि एसिड प्रहार भैरहेको हुदाँ पनि सरकार यसबारे गम्भिर नरहेको भन्दै गुनासो पोखेकी हुन् । साथै उनलाई यस्ता ठूला अपराध गरेर पनि अपराधीहरु सजिलै रिहा भएको कुरा पटक्कै चित्त बुझेको छैन ।

उनी भन्छिन,’ काठमाडौंमा हिजो एउटा युवती माथी ऐसिड खनाईयो, निर्मला पन्तका हत्यारा जस्तै अरू थुप्रै हत्या र हिँसा गरेका अपराधीहरू समातिएका छैनन्। समातिएकाहरू स–सम्मान छुट्छन। महिला माथी हत्या हिँसा र अपराध भई रहँदा मौन बस्ने महिलावादी, संस्कृतिवादी र राष्ट्रवादीहरू चाही महिलाको देखिएको ढाड र फरक तीजका गीतको विषयमा बहसमा जुटेका छन्। ’ उनले अगाडी लेखेकी छन्,‘जन्मकैद भोग्नु पर्ने श्रीमतीको हत्यारा श्रीमान् रंन्जित कोइराला ८ बर्ष सजाय भोगेर निर्दोष भएको जसरी हात हल्लाउदै छुटे । गीता ढकालका हत्यारा छुटे ।’

प्रतिक्रिया दिनुहोस्