‘बिच बिचमा ३’ मा सारी लगाएर नाचेपछि विवादमा तानिए दुर्गेश



०९ साउन २०७७, काठमाडौँ

दुर्गेश थापा आजभोली आफ्नो गीतका कारण खुबै विवादमा आउन थालेका छन् । गतबर्ष तिजमा निकालेको उनको हामी पनि नाच्नु पर्छ बिच बिचमा बोलको गीतले दर्शकको सर्वाधिक मन जितेको छ ।

अघिल्लो तिजमा उनको गीतले नै सबैभन्दा धेरै प्राथमिकता पाएको थियो । तर त्यसपछि उनले निकालेका कुनैपनि गीतले सोचेजति सफलता पाएका छैनन, उल्टै उनले त्यसपछि निकालेका गीतबाट दर्शकको गाली खाइरहनु परेको छ ।

दुर्गेशले यसपाली बिच बिचमा २ र ३ ल्याए । तर दुवै गीतले पहिलेको जतिको चर्चा पाउनु त कता हो कता निकै विवादमा तानिए । बिच बिचमा २ मा उनलाई शब्द चोरीको आरोप लागेको थियो भने बिच बिचमा ३ मा उनले सारी लगाएर नाचेकाले महिलाहरुको बेइजत गर्न खोजेको आरोप उनीमाथि लागेको छ ।

दुर्गेशले विवादित भएपछि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले पहिले पहिले पनि केटा मान्छेले केटीको सारी लगाएर नाचिसकेकाले आफूले कुनै गल्ती गरेको महशुस भने नभएको बताएका छन् । उनले सकुन्तला मा राजेशले निभाएको महिलाको भूमिकाको समेत उदाहरण दिन भ्याए ।

तर दुर्गेशले जति नै स्पष्टिकरण दिएपनि दर्शकले भने उनलाई गाली गर्न थालेका छन् । हरेक पटक गीत निकाल्दा विवादमा तानिदाँ पनि उनले गल्ती गरेको महशुस गरेका छैनन् । अब देखि गीत निकाल्दा अलि ध्यान पो पुर्याउने हो कि दुर्गेश जी ?

प्रतिक्रिया दिनुहोस्