अन्ततः आफ्नो मानसम्मानमा हानी पुर्याएको भन्दै भुवनले गरे साम्राज्ञी विरुद्ध मुद्धा दायर



०९ साउन २०७७, काठमाडौँ

केहीसमय देखि सामाजिक सञ्जालमा भुवन केसी र साम्राज्ञीको चर्कै वादविवाद भैरहेको छ । यी दुवैले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । उनीहरुको झगडामा पछिल्लो समयमा उनीहरुले भन्दापनि अरुले नै धेरै मजा लुटिरहेका छन् ।

अन्य मानिस बिचमा घुसेर पनि उनीहरुको झगडा बढ्दै गएको छ । अन्ततः भुवनले साम्राज्ञी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता नै गरिदिएका छन् । उनले साम्राज्ञीले आफ्नो मानसम्मानमा हानी पुर्याउने कोशिस गरेको भन्दै मुद्धा दर्ता गराएका हुन् ।

साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् । साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ ।

नायक केसीले भने यो बिषयमा केही पनि बोल्न चाहेनन् । उनले, अब यो बिषय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदालतले नै फैसला गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्